कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा किटबाट परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ, धुलिखेल अस्पताल भर्ना

सनसिटीबाट धुलिखेल आएका व्यक्तिको आरडीटी परिक्षण निगेटिभ
नगेन्द्र अधिकारी

काभ्रे — वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ ।

काभ्रेमा किटबाट परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ, धुलिखेल अस्पताल भर्ना

स्वाबको नमुना संकलन गरी परीक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । बेथानचोक–५ का ती युवा चैत ९ गते भारतबाट स्वदेश फर्किएका थिए । यस्तै मण्डनदेउपुर नगरपालिका–३ का २३ वर्षीय युवा भने चैत ७ गते दुबईबाट फर्किएका थिए । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए । उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
चैत्र १ गतेदेखि विभिन्न मितिमा स्वदेश फर्किएका जिल्लाका २ सय ५१ गतको द्रूत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । फागुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको थियो ।
डा. झाका अनुसार, कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसिया, बहराइन, जोर्डन, न्यूजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युएई, ओमान, फ्रान्स, अस्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कम्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु स्वदेश फर्किएका छन् । पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथान्चोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन् । विदेशबाट फर्किएका केहीको स्वास्थ्य परीक्षण भए पनि लक्षण नदेखिएकाहरु होम क्वारेन्टाइनमा छन् ।
यता, काठमाडौंको सनसिटी अपार्टमेन्टबाट धुलिखेल आएका एक व्यक्तिमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको छ। यो अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएको म‌ंगलबार पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको अपार्टमेन्टको ११ औं तलामा बस्ने उनी स्थानीय प्रशासनले सिल गरेपछि बाहिरै परेका कारण धुलिखेलस्थित घर आएका थिए । द्रूत परिक्षणमा नेगेटिभ आए पनि उनको स्वाबको नमुना संकलन गरी पीसीआर विधीबाट परीक्षण गर्ने तयारी छ ।

प्रकाशित : वैशाख २, २०७७ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?