भारतसँगको सीमामा आवतजावत अनिश्‍चितकाललाई बन्द

वैशाख २, २०७७

बिनु सुवेदी

काठमाडौँ — लकडाउन १२ दिन थप्ने निर्णय गरेसँगै सरकारले छिमेकी भारतसँगको सीमामा आवतजावत अनिश्चितकालसम्मलाई बन्द गरेको छ ।

'भारतमा कोरोनाको प्रकोप फैलिइरहेको छ । यसैले भारतमा कोरोनाको प्रकोप साम्य नभइन्जेललाई आवतजावत बन्द गर्ने निर्णय गरिएको छ,' मन्त्रिपरिषद स्रोतले कान्तिपुरलाई बतायो । 

लकडाउनको समयमा नै स‌ंक्रमितहरु भारतबाट नेपाल प्रवेश गरेको खुलासा भएपछि सरकारले सीमामा थप कडाइ गर्ने पनि निर्णय गरेको छ । कञ्चनपुर र रौतहटका संक्रमित युवा लकडाउन घोषणा गरिएपछि पैदलै नेपाल प्रवेश गरेका थिए । अत्यावश्यक सामाग्री र खाद्यवस्तुको आपुर्तिलाई भने रोकिने छैन । संक्रमण बढ्न थालेपछि भारतले पनि मंगलबार नै २१ दिने लकडाउनलगत्तै अर्को १९ दिन लकडाउन थप गरिसकेको छ । 

सरकारले अन्तराष्ट्रिय उडान पनि वैशाख १८ गतेसम्मका लागि स्थगित गरिसकेको छ ।

बिनु

Link copied successfully