काठमाडौँ — चन्द्रागिरि नगरपालिकाले एपीएफ अस्पतालसँग समन्वय गरेर १७५ जनाको स्वाब परीक्षण गरेको छ । विदेशबाट आएका १७५ जनालाई होम क्वारेन्टाइनमा राखेर नगरपालिकाले एपीएएफ अस्पतालका चिकित्सकमार्फत् स्वास्थ्य परीक्षण गरेको हो ।
परीक्षण गरिएका स्वास्थ्य अवस्था सामान्य भए पनि १७ जनाको स्वाब पुन: परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले बताए ।
फागुन र चैतमा चन्द्रागिरि नरपालिकामा विदेशबाट फर्किएकाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
