१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

सरकारविरुद्ध कुप्रचार गरियो : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्व्यापी संकटका बेला सरकारलाई असफल देखाउन कुप्रचार गरिएको बताएका छन् । 

सरकारविरुद्ध कुप्रचार गरियो : प्रधानमन्त्री ओली

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्‍वव्यापी संकटका बेला एकजुट भई लड्‍नुपर्नेबेला कु–प्रचार भएको बताएका हुन् ।


‘मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्व्यापी संकटमा एकजुट भई लड्‍नुपर्ने सरकारलाई असफल देखाउन र आफ्‍ना विभिन्‍न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हुन,’ सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्, ‘यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार हुन नदिने र नगर्ने सरकारको प्रतिवद्धतालाई लगातारको कुप्रचारले कमजोर पार्न सक्‍ने छैन । कहीँ कतै भ्रष्टाचार भएको देखिएमा निर्ममतापूर्वक कारबाही गर्न सरकार पछि पर्दैन ।’


प्रधानमन्त्री ओलीले काम नै गर्न नसक्‍ने र प्रक्रिया नै सुरु गर्न नसकिने गरी सरकारप्रति निराधार आरोप र प्रचारले अप्ठेरो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित गर्ने पनि बताएका छन् । उनले पछिल्लो समय पछिल्लो समय चीनबाट स्वास्थ्य उपकरण खरिद प्रकरणमा भएको आलोचना गर टिप्पणीप्रति आफ्‍नो ध्यान गएको पनि बताएका छन् ।

‘सरकारका काम कुनै पनि संवैधानिक अंगहरूको सम्परीक्षणभन्दा माथि हुदैनन् । तिनले गर्ने अध्ययन र फैसलाका लागि सरकार हमेसा तयार रहन्छ । तर काम नै गर्न नसक्‍ने र प्रक्रिया नै सुरु गर्न नसकिने गरी निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरूलाई निरुत्साहित गर्छ भन्‍नेमा सबैले ध्यान दिनुपर्छ । समाजमा उठ्‍ने गरेका र खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना र टिप्पणीप्रति मेरो प्रयाप्‍त ध्यान गएको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रकाशित : चैत्र २५, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?