कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशबाट आउनु भएका सबैले क्‍वारेन्टाइनमा बसेर सहयोग गर्नुहोस् : प्रधानमन्‍त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट आएका केही नागरिक क्वारेन्टाइनमा बस्न नमानेको उल्लेख गर्दै स्वघोषणा गर्दै क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् ।

विदेशबाट आउनु भएका सबैले क्‍वारेन्टाइनमा बसेर सहयोग गर्नुहोस् : प्रधानमन्‍त्री

विदेशबाट आएका सबै नागरिकलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएर कोरोनाविरुद्धको लडाइँमा सहभागी हुन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।

एक जनाको लापरबाहीले परिवार, समुदाय हुँदै राष्ट्रलाई नै क्षति पुऱ्याउने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विदेशबाट आएका सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन् । त्यस्तै नेपाल–भारत सीमामा रहेका नेपाली नागरिकको उचित व्यवस्थापन गरिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

प्रकाशित : चैत्र २५, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?