१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

फेरि भीड जुटाएरै पत्रकार सम्मेलन

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कोरोना संक्रमणको जोखिम हुने गरी मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेको छ ।

फेरि भीड जुटाएरै पत्रकार सम्मेलन

सरकारले नै भौतिक दूरी कायम राख्न र अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन आमनागरिकलाई आग्रह गरेको अवस्थामा मन्त्रालयले आइतबार दिउँसो साढे ३ बजेलाई पत्रकार सम्मेलन डाकेको हो ।

सञ्चारकर्मीहरूलाई पठाइएको म्यासेजमा प्रवक्ताको कार्यकक्षमा पत्रकार सम्मेलन हुने भएकाले उपस्थितिका लागि अनुरोध गरिएको छ ।

सरकारले भीडभाडलाई निरुत्साहित गर्न लकडाउन गर्नुका साथै एकबाट अर्को स्थानीय तहमा आउजाउ गर्नसमेत रोक लगाएको छ । भौतिक रूपमा आयोजना हुने पत्रकार सम्मेलनको विरोध भएपछि स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जालबाट दैनिक सूचना दिने गरेको छ ।


प्रकाशित : चैत्र २३, २०७६ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?