कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारले मुलुकभर लकडाउन गरे पनि पूर्वी नवलपरासीका इँटा भट्टाहरु निर्बाध सञ्‍चालनमा

नारायण शर्मा

नवलपरासी — सरकारले मुलुकभर लकडाउन गरे पनि पूर्वी नवलपरासीका इँटा भट्टाहरु निर्बाध रुपमा सञ्चालन भइरहेको छ । टाढाटाढा घर भएका भारतीय र नेपाली मजदुरलाई पठाउन नसकिएकाले काममा लगाइएको इँटा भट्टा सञ्चालकहरुको दाबी छ । 

सरकारले मुलुकभर लकडाउन गरे पनि पूर्वी नवलपरासीका इँटा भट्टाहरु निर्बाध सञ्‍चालनमा

कावासोती नगरपालिकाको ढोकीमा रहेको डीबीआई इँटा उद्योगले भारतीय मजदुर राखेर सञ्चालन गरिेरहेको छ । वडा नम्बर १४ का अध्यक्ष जीतनारायण महतोका अनुसार त्यहाँ दुई सय मजदुरले दैनिक काम गर्दै आएका छन् । पटकपटक उद्योग बन्द गर्न आग्रह गर्दा पनि नमानेको उनको भनाइ छ ।


गत बुधबार वडा कार्यालयमै सञ्चालकलाई बोलाएर कावासोतीका उपमेयर प्रेमशंकर मर्दनियाले समेत महामारीको समयमा बन्द गर्नुपर्ने जानकारी गराएका थिए । तर, बिहीबार पनि सञ्चालन गरिरहेको पाइएको वडाध्यक्ष महतोले बताए । ‘मजदुरको लगत उद्योगमै गएर लिएका हौं,’ उनले भने, ‘प्रशासनलाई खबर गरेका छौं ।’


उद्योगका सञ्चालक विकास प्रधानले मजदुरलाई पाल्नु परेकाले बिहान बेलुका काममा लगाइएको बताए । ‘बाहिरका मान्छे आउन दिएको छैन । मजदुरलाई बाहिर निस्कन दिइएको छैन,’ उनले भने, ‘रातभरि बत्ती बालेर काम गर्छन् । दिउँसो सुत्छन् ।’ वडा वा प्रशासनले पठाउने व्यवस्था गरे मजदुर आजैबाट बिदा गर्ने प्रधानले बताए ।


इँटा उद्योग व्यवसायी संघका जिल्ला सचिव कृष्ण गौतमले सबै उद्योगमा रहेका भारतीय मजदुरहरुलाई पठाउन सरकारले व्यवस्था गरे आफहरु तयार रहेको उनले सुनाए । संघका अनुसार पूर्वी नवलपरासीका ९ वटा उद्योगमा १४ सय भारतीय मजदुर कार्यरत छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?