पाटन अस्पतालले अन्य देशका प्राविधिकसँग सल्लाह गर्ने

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरस (कोभिड–१९) सम्बन्धि प्राविधिक सल्लाह लिने ठाउँको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

पाटन अस्पतालले अन्य देशका प्राविधिकसँग सल्लाह गर्ने
मत्रालयका प्रवक्ता डा. विकास देवकोटाले चीनसँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड–१९ का सम्बन्धमा आइपरेका समस्या समाधान गर्न प्राविधिक सल्लाह गर्न सहजताको लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिए ।

मन्त्रालयले सचिवस्तरिय निर्णयबाट उक्त अस्पताललाई प्राविधिक सल्लाह गर्नका लागि तोकिएको हो । चीनले पनि नेपालसँग कोरोना भाइरससँग सम्बन्धित समस्या समाधान गर्नका लागि एक संस्थालाई पाटनजस्तै प्राविधिक सल्लाह दिने स्थान तोक्ने छ ।

चीन सरकारसँग विभिन्न सहयोग र सहकार्यका सन्र्दभ चीन सरकारका राजदूत, सचिव, परराष्ट्र मन्त्रालय तथा प्रमुख विशेषज्ञ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सहितको उपस्थितिमा भएको छलफलमा पाटन अस्पताललाई स्वास्थ्य समस्या समाधान गर्न आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

उनले पाटन अस्पतालले चीनसहित अन्य छिमेकीदेशका स्वास्थ्य विज्ञसँग कोभिड–१९ का बारेमा आवश्यक परामर्श गर्न टेलिकन्फेरेन्स गर्ने बताए ।

उनका अनुसार अहिलेसम्म १ हजार ६० को नमुना परीक्षण गरिएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० र सातवटै प्रदेश अस्पतालमा ७७ जना आइसोसेनमा रहेका छन् ।

प्रकाशित : चैत्र १८, २०७६ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?