कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साझा पार्टीद्वारा कोभिड–१९ विरुद्ध लड्नका लागि सर्वदलीय ‘उच्चस्तरीय राजनीतिक संयन्‍त्र’ बनाउन माग

काठमाडौँ — साझा पार्टीले कोरोना भाइरसको नियन्‍त्रणका लागि राष्ट्रिय सहमति सहितको एकताबद्धता आवश्यक पर्ने भएकाले सबै दलहरु सम्मिलित ‘उच्चस्तरीय राजनीतिक संयन्‍त्र’ निर्माण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।

साझा पार्टीद्वारा कोभिड–१९ विरुद्ध लड्नका लागि सर्वदलीय ‘उच्चस्तरीय राजनीतिक संयन्‍त्र’ बनाउन माग

पार्टीका अध्यक्ष रविन्द्र मिश्रले शनिबार प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र पेश गर्दै सकेसम्म प्रधानमन्त्री नभए उपपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा यस्तो सयंन्त्र बनाउन प्रस्ताव गरेको हो ।


यो संयन्त्रले राजनीतिक तहमा आएका विभिन्‍न विचार, राय र सुझावलाई समीक्षा र संश्लेषण गर्ने माध्यमको रुपमा पनि काम गर्ने र संकटको यो घडीमा आम जनमानसको राज्य र राजनीतिप्रतिको विश्वसनीयता कायम राख्‍न समेत यस्तो संयन्त्रले सघाउ पुर्‍याउने मिश्रले उल्लेख गरेका छन् ।


त्यस्तै विभिन्‍न क्षेत्रका विज्ञहरु सम्मिलित ‘उच्चस्तरिय विज्ञ समिति’ निर्माण पनि साझा पार्टीले माग गरेको छ । वर्तमान संकटको विविध क्षेत्रमा पर्ने तात्कालिक र दीर्घकालिक असरहरूसँग जुध्‍नका लागि सरकारलाई निरन्तररूपमा आवस्यक विश्लेषण, सुझाव र समीक्षाका लागि यस्तो विज्ञ समिति आवश्यक पर्ने साझा पार्टीको भनाइ छ ।

प्रकाशित : चैत्र १५, २०७६ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?