२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

संक्रमित युवकका परिवारलाई अस्पताल लगियो, आइसोलेसनमा राखिने

अर्जुन शाह

धनगढी — ३४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको १७ घण्टापछि मात्र परिवारका सदस्यलाई अस्पताल लगिएको छ । कोरोना संक्रमित युवकका परिवारका सदस्यलाई शनिबार बिहान साढे दश बजे सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स आएर लगेको हो । उनीहरुलाई अस्पतालकै आइसोलेसनमा राखेर निगरानी गरिनेछ ।

संक्रमित युवकका परिवारलाई अस्पताल लगियो, आइसोलेसनमा राखिने

शुक्रबार रातितिर उनको घरमा पुगेको प्रहरी परिवार संख्यासहित आवश्यक रिपोर्ट लिएर एम्बुलेन्स पठाउँछौं भनेर फर्किएको थियो । तर शनिबार बिहानसम्म पनि एम्बुलेन्स पठाइएको थिएन । संक्रमित युवकको परिवारमा ८ जना सदस्य रहेका छन् ।


दुबईमा काम गर्दै आएका उनी फ्लाइट इमिरेट्सको ईके ०१५० नम्बरको उडानमा दुबईबाट दिल्ली आएका थिए । शुक्रबार उनी शुक्रबार एयर विस्ताराको उडानबाट दिउँसो २ बजे काठमाडौंका लागि उडेका थिए । त्यसपछि शनिबार दिउँसो १२ बजे बुद्ध एयरको उडानबाट काठमाडौंबाट नेपालगञ्ज आए । नेपालगञ्जबाट उनी महेन्द्रनगर जाने माइक्रोमा अत्तरिया झरेका थिए ।

संक्रमितका परिवारलाई एम्बुलेन्सले बोक्नै मानेन

शनिबार साँझदेखि मंगलबारसम्म उनी घरमै परिवारसँग बसेका थिए । घर पुगेको दोस्रो दिन राति ज्वरो आएपछि तेस्रो दिन चैत ११ गते उनी आफै सेती प्रादेशिक अस्पताल धनगढीमा जँचाउन गएका थिए । त्यही दिनदेखि उनी अस्पताल बसेका थिए ।


शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणमा उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका थिए ।

प्रकाशित : चैत्र १५, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?