कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना अस्पतालमा मृत्यु भएका बिरामीमा देखिएन कोरोना 

बुनु थारु

काठमाडौँ — भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका कोरोना आशंका गरिएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।

कोरोना अस्पतालमा मृत्यु भएका बिरामीमा देखिएन कोरोना 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारले कान्तिपुरलाई बताए ।


आइतबार अस्पताल भर्ना गरिएका वीरगञ्जका ३० वर्षीय युवाको मंगलबार बिहान अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । लुपस नामक रोगले पीडित ती युवा केही समयदेखि मिर्गौला र फोक्सोको समस्याले ग्रसित थिए । उपचारका लागि उनलाई वीरगञ्जबाट उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । ज्वरो र निमोनिया देखिएपछि कोरोनाको आशंकामा कोरोना उपचार अस्पताल ल्याइएको थियो ।


उनको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । प्रयोगशाला प्रमुखले फोनमा भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्डन्टलाई उनको रिपोर्टमा कोरोना नदेखिएको जानकारी गराएको पनि प्रवक्ता अधिकारीले बताए ।


कोरोना विशेष –अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले उनको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका हुन्।

प्रकाशित : चैत्र ११, २०७६ २३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?