कोरोना अस्पतालमा मृत्यु भएका बिरामीमा देखिएन कोरोना 

चैत्र ११, २०७६

बुनु थारु

काठमाडौँ — भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका कोरोना आशंका गरिएका युवामा कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्थायी अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारले कान्तिपुरलाई बताए । 


आइतबार अस्पताल भर्ना गरिएका वीरगञ्जका ३० वर्षीय युवाको मंगलबार बिहान अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो । लुपस नामक रोगले पीडित ती युवा केही समयदेखि मिर्गौला र फोक्सोको समस्याले ग्रसित थिए । उपचारका लागि उनलाई वीरगञ्जबाट उनलाई भरतपुर अस्पताल ल्याइएको थियो । ज्वरो र निमोनिया देखिएपछि कोरोनाको आशंकामा कोरोना उपचार अस्पताल ल्याइएको थियो । 


उनको स्वाबको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको थियो । प्रयोगशाला प्रमुखले फोनमा भरतपुर अस्पतालका मेडिकल सुपरिडेन्डन्टलाई उनको रिपोर्टमा कोरोना नदेखिएको जानकारी गराएको पनि प्रवक्ता अधिकारीले बताए । 


कोरोना विशेष –अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले उनको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेका हुन्।

बुनु थारु विगत ७ वर्षदेखि पत्रकारिता गरिरहेकी छिन् । उनी स्वास्थ्य तथा सामाजिक विषयमा लेख्न रुची राख्छिन् ।

Link copied successfully