कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लकडाउन घोषणापछि राति अबेरसम्म मिडियालाई पास वितरण

सूचना विभाग वा प्रशासनको पास भए मिडियाले सवारी साधन गुडाउन पाउने

काठमाडौँ — सरकारले सञ्चार संस्था र पत्रकारका लागि सूचना विभागबाट जारी भएका प्रेस पास वा जिल्ला प्रशासन कार्यालयको अनुमति भए सवारी साधन गुडाउन दिने भएको छ ।

लकडाउन घोषणापछि राति अबेरसम्म मिडियालाई पास वितरण

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर चैत ११ गते देखि १८ गत सम्म देशभर लकडाउन गरेको छ । लकडाउनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अत्यावश्यक सेवा तथा अनुमति पत्रवाहक मात्रै बाहिर निस्कन पाउने व्यवस्था गरेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले सूचना विभागबाट जारी भएका र प्रशासनबाट अनुमतिपत्र लिएका सञ्चार माध्यमका सवारी साधनलाई कुनै रोकतोक नहुने बताए । सोमबार साँझ सरकारले ११ गतेदेखि लागू हुने गरी देशभर लकडाउन गर्ने निर्णय गरेपछि गृह मन्त्रालयले पास वितरण गर्न काठमाडौंसहित देशभरका प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

'समाचार संकलनमा असहज नहोस् भनेर राति अबेरसम्म बसेर हामीले मिडिया हाउस र कार्यरत पत्रकारका लागि तोकिएअनुसार पास वितरण गरिरहेका छौं,' आचार्यले भने, ' सूचना विभागबाट जारी पासलाई पनि सवारी गुडाउन अनुमति दिइएको छ ।'

एउटा प्रशासन कार्यालयले जारी गरेको पास अर्को प्रशासन मातहत जिल्लासम्म पनि प्रयोग गर्न सकिने छ । लकडाउन नागरिककै स्वास्थ्य सुरक्षाका लागि भएको भन्दै प्रशासनको आदेश उल्लंघन गरेर बाहिर ननिस्कन उनले आग्रह गरे । त्यस्तै अत्यावश्यक काम परेमा सर्वसाधारणलाई पनि अनुमति दिइने सहायक प्रजिअ आचार्यले जानकारी दिए ।

प्रकाशित : चैत्र १०, २०७६ २३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?