वीरगन्जका व्यवसायी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

भूषण यादव

काठमाडौँ — कोभिड-१९ कोरोना भाइरस संक्रमण आशंकामा भारतको पटनास्थित अस्पताल भर्ना गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुगंटामा संक्रमण नदेखिएको पुष्टि भएको छ । 

पटना मेडिकल कलेज अस्पतालले आइतबार उनको परिवारलाई दिएको नमुना परीक्षणको नतिजामा कोरोना नतिजा नेगेटिभ देखिएको हो ।


कोरोनाको आशंकामा पटना मेडिकल कलेजमा भर्ना भएको रुगंटाको स्वाब परीक्षणका लागि पटनास्थित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चअन्तर्गत रहेको राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा पठाइएको थियो । इन्स्टिच्युटको भाइरोलोजी ल्याबका अनुसन्धान वैज्ञानिक डाक्टर सुशील कुमारले तयार पारेको रिपोर्टमा स्पष्टसँग रुंगटाको नमुना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको लेखिएको छ ।



यसअघि पटना अस्पतालका चिकित्सकले परिवारलाई पहिलो परीक्षणमा कोरोना पोजेटिभ देखिएको बताए पनि ल्याबको नतिजामा नेगेटिभ आएको रुंगटासँगै पटना अस्पतालमा रहेका भतिजा आकाश रुगंटाले कान्तिपुरलाई बताए ।


पटनामा गरिएको परीक्षणमा रुगंटालाई कोरोना भाइरसको संक्रमण भएको नदेखिए पनि पटना मेडिकल कलेजले दोस्रो पटक परीक्षणका लागि पुणेस्थित नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमुना पठाएको छ । पुणेको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित : चैत्र ९, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्

सीमा सिल भएपनि इन्धन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा असर नपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल भारत सीमा नाकामा प्रतिबन्ध लगाएपनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर नपर्ने भएको छ । पेट्रोलियम पदार्थको आयात तथा ढुवानी भने नरोकिने भएको हो ।

आइतबार बसेको बैठकले सात दिनसम्मका लागि नेपाल चीन तथा भारततर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।

यस्तै, निगमले आ-आफ्‍ना क्षेत्रका कार्यलय प्रमुख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भन्सारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्‍न समेत निर्देशन दिएको छ ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : चैत्र ९, २०७६ २१:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×