सीमा सिल भएपनि इन्धन र दैनिक उपभोग्य वस्तुको ढुवानीमा असर नपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नेपाल भारत सीमा नाकामा प्रतिबन्ध लगाएपनि दैनिक उपभोग्य वस्तुको ढुवानी तथा भण्डारणमा कुनै असर नपर्ने भएको छ । पेट्रोलियम पदार्थको आयात तथा ढुवानी भने नरोकिने भएको हो ।

आइतबार बसेको बैठकले सात दिनसम्मका लागि नेपाल चीन तथा भारततर्फका सिमाहरु तत्काल बन्द गर्ने निर्णय गरेको थियो ।


उक्त निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाइको तर अत्यावश्यक सेवाको कारोबार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विज्ञप्ति मार्फत् जानकारी दिएका छन् ।


यस्तै, निगमले आ-आफ्‍ना क्षेत्रका कार्यलय प्रमुख तथा ढुवानी व्यवसायीहरुलाई स्थानीय प्रशासन तथा भन्सारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारु राख्‍न समेत निर्देशन दिएको छ ।


यो पनि पढ्नुहोस्ः

चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

प्रकाशित : चैत्र ९, २०७६ २१:४६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कोरोना संक्रमितको उपचारमा संलग्‍न चिकित्सकलाई सतप्रतिशतसम्म जोखिम भत्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा संलग्‍न चिकित्सकलाई सतप्रतिशतसम्म जोखिम भत्ता दिने भएको छ । आइतबार प्रधानमन्‍त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेको विशेष परिस्थितिमा स्वास्थ्यकर्मीलाई सुरक्षित तरिकाले काम लगाउनु पर्ने भएकोले ५० देखि सतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‍को निर्णय सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थ, सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री युवराज खतिवडाले जोखिम भत्ता चिकित्सकदेखि ल्याब, फ्रन्ट डेक्समा रहेर सेवा पुर्‍याउने सबैले पाउने जानकारी दिए । मन्त्री खतिवडाका अनुसार संक्रमितको उपचारमा खट्नेहरुको स्वास्थ्य सुरक्षाका लागि सबै किसिमका उपकरण उपलब्ध गरी परिचालित गर्ने निर्णय भएको छ ।

बैठकले सीमा नाकामा केही संक्रमित व्यक्तिहरु फेला परेमा उपचार केन्द्रमा लैजानका लागि 'प्यासेन्ट रिसिभिङ टिम' बनाउने निर्णय पनि गरेको छ । संक्रमित भएको पत्ता लागेका त्यस्ता व्यक्ति भाग्न नपाओस् भनी स्वास्थ्य, रक्षा र गृहमन्त्रालय सहकार्यमा टिम खटाइ उपचार केन्द्रमा पुर्‍याउने निर्णय गरिएको छ ।

सार्वजनिक र सरकारी सेवाहरु नियमित सञ्‍चालन हुनेछ मन्‍त्री खतिवडाले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नियमित रुपमा बजार अनुमगन गर्ने, आपूर्ति व्यवस्थालाई सहज बनाउने, भण्डारणलाई चेक गरी आपूर्ति गर्नुपर्ने भए गर्ने । त्यति गर्दा पनि बजारमा कृत्रिम अभाव गर्ने, कालोबजारी गर्ने अथवा आपूर्तिमा अवरोध पुर्‍याउनेलाई कानुनी कारबाही गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित : चैत्र ९, २०७६ २१:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×