कोरोना भाइरसको त्रास : शनिबार पौने दुई लाखले काठमाडौं छाडे

चैत्र ८, २०७६

विमल खतिवडा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्‍न उपत्यका छाड्‍ने को जमात दैनिक बढ्दो छ । शनिबार सबैभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् । महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार साँझसम्म एकैदिन १ लाख ८६ हजार ५ सय ४९ यात्रु बाहिरिएका हुन् ।

यही दिन बाहिरिने गाडीको संख्या २७ हजार २ सय ६० रहेको छ । त्यस्तै शनिबार नै ४० हजार १ सय ६३ यात्रुसँगै १४ हजार ५ सय ७४ सवारी साधन काठमाडौं भित्रिएका छन् ।

४ दिनमा साढे ३ लाख मानिस उपत्यकाबाट बाहिरिए

बुधबारयता काठमाडौं छाड्‍ने यात्रुको संख्या ४ लाख ७० हजार १ सय १७ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भिमप्रसाद ढकालले बताए । उनका अनुसार टिकट काउन्टर र बसपार्कमा शनिबार यात्रुको भिड अघिपछि भन्दा बढी रहेको थियो ।

हेर्नुहोस्, उपत्यकाबाट कुन दिन कति यात्रु र सवारी साधन बाहिरिएः

बारउपत्यकाबाट बाहिरिने यात्रु संख्याउपत्यकाबाट बाहिरिने सवारी साधन संख्या
बुधबार९५,२४७
१७,५२४
बिहीबार८९,८०४
१६,८२४
शुक्रबार९८,५१७
१४,३३८
शनिबार१,८६,५४९ २७,२६०

कोरोना भाइरस

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully