२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

४ दिनमा साढे ३ लाख मानिस उपत्यकाबाट बाहिरिए

विमल खतिवडा

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल भित्रिने डरले उपत्यका छाडेर घर फर्कनेको संख्या दैनिक बढ्दो छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने घोषणा गरेसँगै बसपार्क र टिकट काउन्टरहरूमा यात्रुको भीड बढेको छ ।

४ दिनमा साढे ३ लाख मानिस उपत्यकाबाट बाहिरिए

काठमाडौंबाट बाहिरिने यात्रु बसमा सिट नपाउँदा पनि मानिस बाहिर जान खोजेका छन् । उनीहरू बसभित्र मुडामा बसेर भएपनि घर फर्किन भन्दै टिकट लिइरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालका अनुसार शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म ५३ हजार ६ सय ८६ यात्रु उपत्यकाबाट बाहिरिएका छन् । शनिबार नै ११ हजार ४ सय १३ यात्रु बस उपत्यकाका विभिन्‍न नाकाबाट भित्रिएका छन् भने ८ हजार ३ सय १२ सवारी साधन बाहिरिएका छन् ।

अघिपछि भन्दा शनिबार टिकट काउन्टरहरू र बसपार्कमा यात्रुको भीड बढेको ढकालले जानकारी दिए । फर्पिङ, मुड्कु, जगाते र नागढुंगाबाट यात्रुहरू बाहिरिने गरेका छन् । शैक्षिक संस्था बन्द भएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

महाशाखा प्रमुख ढकालका अनुसार शुक्रबार मात्र ९८ हजार ५ सय १७ जनाले उपत्यकाका छाडेका छन् । बुधबारयता ३ लाख ३७ हजार २ सय ५४ जना उपत्यकाबाट बाहिरिएका छन् ।

हेर्नुहोस्, उपत्यकाबाट कुन दिन कति यात्रु र सवारी साधन बाहिरिएः

बारउपत्यकाबाट बाहिरिने यात्रु संख्या उपत्यकाबाट बाहिरिने सवारी साधन संख्या
बुधबार९५,२४७
१७,५२४
बिहीबार८९,८०४
१६,८२४
शुक्रबार९८,५१७
१४,३३८
शनिबार(बिहान ६ देखि १० बजेसम्म) ५३,६८६ ८,३१२

प्रकाशित : चैत्र ८, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?