कोरोनाबाट कसरी जोगिने ?

चैत्र ८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको फरक छुट्याउन मुस्किल पर्न सक्छ । संक्रमणको आशंका भएका वा विदेशबाट आएका व्यक्ति कसरी क्वारेन्टाइनमा बस्ने भन्ने पनि जान्नु आवश्यक छ ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन नेपालले पनि केही तयारी गरेको छ । सरकारी तहमा गरिएका केही महत्त्वपूर्ण निर्णय र आग्रह आमनागरिकले पालना गरे कोरोनाको प्रकोपबाट धेरै हदसम्म जोगिन सकिन्छ ।

यस संक्रमणलाई ‘आयातित संक्रमण’ का रूपमा पनि हेरिएको छ । नेपालमा पनि चीनबाटै फर्किएका एक युवकलाई यसको संक्रमण देखिएर निको भएको थियो । तसर्थ स्वदेशमा रहेका भन्दा विदेशबाट आएका स्वदेशी तथा विदेशी नागरिक अलिकति सतर्क भएमा संक्रमणको जोखिम कम गर्न सकिन्छ । 

सबैभन्दा पहिलो कुरा त विदेशबाट नेपाल आएकाहरूले होम वा सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्छ ।

सरकारी संयन्त्रले अनुगमन गरेको छैन वा थाहा पाउँदैन भनेर क्वारेन्टाइनमा नबस्नु भनेको सबैभन्दा पहिले आफू र आफ्नो परिवारलाई संकटमा पार्नु हो । यात्रा गर्दा कोरोनाबाट संक्रमित भए पनि त्यसको लक्षण नदेखिन सक्छ । त्यसैले, क्वारेन्टाइनमा बस्नु सबैका लागि हितकर हुन्छ किनभने सुरुमा संक्रमणको लक्षण नदेखिए पनि १४ दिन वा त्यसभन्दा पछिसम्म संक्रमण देखिन सक्छ । त्यस अवधिमा अरूमा भाइरस सर्न सक्छ ।

सेल्फ क्वारेन्टाइन भनेको के हो र कसरी बस्ने ?

रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा कोरोना संक्रमण भएको ठान्नु हुँदैन । हालसम्म नेपालमा कोरोना संक्रमित नदेखिएकाले विदेशबाट आएका व्यक्तिसँग सम्पर्क छैन भने रुघाखोकी वा ज्वरो आउँदैमा डराइहाल्नु पर्दैन तर आफूलाई लागेको रुघाखोकी अरूलाई नसरोस् भन्नका लागि घरबाहिर ननिस्किनु राम्रो ।

सामान्य रुघाखोकी र कोभिड–१९ मा के फरक ?

कोभिड–१९ बाट जोगिन के गर्ने, के नगर्ने ?

-(विश्व स्वास्थ्य संगठन तथा विभिन्न मेडिकल जर्नलमा प्रकाशित लेखमा आधारित ।)

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully