प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

जगदीश्वर पण्डे

काठमाडौँ — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली आइतबार अपरान्ह सार्कका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखबीचहरुको भिडियो कन्फ्रेन्समा सहभागी हुने भएपछि कार्यालय आसपासमा 'डीस-इन्फेक्टेन्ट' छर्किएको छ ।

प्रधानमन्त्री आउने भएपछि सिंहदरबारमा 'डीस-इन्फेक्टेन्ट' छर्कियो

मिर्गौला प्रत्यारोपणपछि चिकित्सकहरुको निगरानीमा रहेका प्रधानमन्त्री ओलीलाई संक्रमण हुन सक्ने भन्दै औषधि छर्किएको हो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वास्थ्य मन्त्रालयका कर्मचारीहरुले औषधि छर्किएका हुन् ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका कार्यकारी प्रमुखहरूबीच केही बेरमा कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुँदैछ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आवद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने लागेको हो ।


प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को कार्यलयबाटै सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूसँग भिडियो कन्फरेन्समार्फत कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल गर्नेछन् । प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित 'एक्सन रुम' बाट आफ्नो धारणा राख्‍ने छन् ।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्रै बालुवाटार फर्किएका हुन् । उनी उपचारको क्रममा १२ दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज बसेका थिए। अस्पतालबाट डिस्चार्ज भएपछि ओली पहिलोपटक प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार छिर्न लागेका हुन् ।

प्रकाशित : चैत्र २, २०७६ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?