कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाविरुद्ध लड्न सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच आज साँझ 'भिडियो कन्फरेन्स'

प्रधानमन्‍त्री सिंहदरबारमा रहेको एक्सन रुममा जाने
जयसिंह महरा

काठमाडौँ — दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रका प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूबीच आइतबार साँझ कोरोना भाइरस (कोभिड-१९)बारे छलफल हुने भएको छ । विश्वभर महामारीको रूप लिइरहेको कोरोनाविरुद्ध कस्तो रणनीति बनाउने भन्ने विषयमा सार्कमा आबद्ध ८ राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो वार्ता हुने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार आइतबार साँझ सवा बजे सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूबीच भिडियो कन्फरेन्समार्फत कोरोनाविरुद्ध कसरी संयुक्त रूपमा लाग्ने भन्नेबारे छलफल हुनेछ प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित 'एक्सन रुम' बाट आफ्ना धारणा राख्ने उनको सचिवालयले जानकारी दिएको

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर शुक्रबारमात्रै बालुवाटार फर्किएका हुन् उनी उपचारको क्रममा १२ दिन त्रिवि शिक्षण अस्पताल महाराजगन्ज बसेका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि ओली पहिलो पटक प्रधानमन्‍त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार छिर्न लागेका हुन् ।

सार्कमा रहेका नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, भुटान, माल्दिभ्स श्रीलंकाका कार्यकारी प्रमुखहरूबीच छलफल हुने भएको हो भारत पाकिस्तानबीचको द्वन्द्वका कारण कामविहीन बनेको सार्क पछिल्लो समय निष्क्रिय भएको थियो यी दुई देशको द्वन्द्वका कारण पाकिस्तानमा हुने भनिएको सार्कको १९ औं शिखर सम्मेलन पनि हुन सकेको थिएन

कोरोनाको संक्रमण सार्क राष्ट्रहरूमा पनि बढ्दै गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो क्षेत्रीय संगठनमार्फत त्यसविरुद्ध संयुक्त रूपमा लड्‍नुपर्ने प्रस्ताव गरेका थिए मोदीको प्रस्तावको नेपाल, भुटानलगायत देशले सुरुमा नै स्वीकार गरेका थिए पाकिस्तानले भने शनिबारमात्रै उक्त प्रस्ताव स्वीकारेको थियो

त्यसपछि भारतीय प्रधानमन्त्री मोदीले बैठकको समयको प्रस्ताव गरेका थिए उनले स्वस्थ विश्वका लागि समयमै पहल लिनुपर्ने भन्दै आइतबार साँझ छलफलको समय प्रस्ताव गरेका थिए उनले सबै राष्ट्र एकजुट भएर लागेमा यस क्षेत्रका जनतालाई फाइदा हुने सामाजिक सञ्जा‍ल ट्विटरमा लेखेका छन्

प्रकाशित : चैत्र २, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

द्रुतमार्गका तीन सुरुङ बनाउन टेन्डर

आयोजनाले ६ कम्पनी सर्टलिस्ट गर्नेछ, त्यसमध्ये एउटालाई सुरूङको जिम्मा दिइनेछ
विमल खतिवडा

काठमाडौँ — नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ बनाउन प्रिक्वालिफिकेसन (पूर्वयोग्यता निर्धारण) गर्न टेन्डर आह्वान गरिएको छ । तीन वटा सुरुङ निर्माणका लागि टेन्डरमा ४५ दिनको समय दिइएको छ ।

टेन्डर हाल्ने कम्पनीमध्ये द्रुतमार्ग आयोजनाले छ वटा कम्पनी सर्टलिस्ट गर्नेछ । त्यसमा पनि एउटा छानेर उसलाई सुरुङ निर्माणको जिम्मा लगाइनेछ । ‘सुरुमा अन्तर्राष्ट्रिय परामर्शदाता (कन्सल्टेन्ट) नछानी काम अघि बढ्दैन,’ सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘सार्वजनिक खरिद ऐन र आर्थिक ऐन नियमावलीमा टेकेर छनोट प्रक्रिया जारी छ ।’ पूर्वयोग्यता निर्धारणका लागि पनि कन्सल्टेन्ट छान्नुपर्छ । त्यसका लागि पाँच वटा अन्तर्राष्ट्रिय परामर्शदाता प्रतिस्पर्धामा छन् । तीमध्ये एक जना परामर्शदाता छानिने उनले बताए ।

‘अहिले परामर्शदाता छनोटमा मूल्यांकनको काम भइरहेको छ,’ उनले भने, ‘वैशाख २६ मा पाँचमध्ये एक जना छान्नेछौं ।’ त्यसपछि सुरुङ निर्माण गर्ने ठेक्का प्रक्रिया अघि बढ्नेछ । ‘छानिएका परामर्शदाता १५ दिन फिल्डमा जानेछन्,’ उनले भने, ‘उक्त परामर्शदाता जेठ पहिलो साताबाट फिल्डमा पुग्नेछ ।’ सडकमा पर्ने पुल, सुरुङ र बाटोको काम आगामी आर्थिक वर्षबाट मात्र सुरु हुनेछ ।

‘ढिलो नहोस् भनेर अहिलेबाटै त्यसको तयारी थालेका हौं,’ उनले भने । सुरुङका लागि आवश्यक कागजपत्र छानिएका परामर्शदाताले तयार गर्ने उनले बताए । अहिले तयार गरेको कागजपत्र रुजु गर्ने काम पनि उसैले गर्ने उनको भनाइ छ ।

सुरुङको काम तीन ठाउँबाट अघि बढाइनेछ । महादेवडाँडा, धेद्रे र लेनडाँडामा गरी ६.४१ किमि सुरुङ खनिने प्रवक्ता पाण्डेले जानकारी दिए । महादेवडाँडामा ३.३५ किमि, धेद्रेमा १.६३ किमि र लेनडाँडा १.४३ किमि रहेको उनले बताए । ‘सुरुङमार्ग निर्माण क्षमता अन्तर्राष्ट्रिय निर्माण व्यवसायीबाहेक अरूसँग छैन,’ उनले भने, ‘त्यसैले इच्छुक अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पूर्वयोग्यता निर्धारणमा भाग लिने गरी टेन्डर गरिएको हो ।’ घटीमा तीन र बढीमा छ वटा निर्माण कम्पनी छान्ने व्यवस्था छ । ‘त्यसैले पूर्वयोग्यता निर्धारणबाट छ वटा निर्माण कम्पनी छान्नेछौं,’ उनले भने, ‘त्यसबाट पनि थप एउटा निर्माण कम्पनी छानेर ठेक्का लगाउनेछौं ।’

७२.५ किमि लम्बाइको द्रुतमार्गमा अहिले सडक बनाउने काम भइरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने सडक बाराको निजगढमा पुगेर टुंगिनेछ । पुल र सुरुङमार्गको ठेक्कासमेत भएको छैन । आर्थिक वर्ष ०८०/८१ मा निर्माण सक्ने भनिए पनि पुल र सुरुङ निर्माणको काम सुरु नै नभएकाले तोकिएकै समयमा नसकिने निश्चितप्रायः छ । यो सडकमा कुल १०.५९ किमि पुल बनाइनेछ । निर्माण हुने ८७ पुलमध्ये १६ वटा विशेष पुल हुनेछन् ।

द्रुतमार्गमा ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । ०७४/७५ मा २० र ०७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । यसमध्ये पाँच प्याकेजमा सेना आफैंले काम गरिरहेको छ । मख्खुबेंसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम आफ्नै जनशक्तिमा काम गरिरहेको छ । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि छ । द्रुतमार्गको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा संशोधित अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ छ ।

प्रकाशित : चैत्र २, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×