सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई लेखा समितिको निर्देशन

फाल्गुन ८, २०७६

जयसिंह महरा

काठमाडौँ — संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा भएका कमीकजोरीलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिइएको पनि सचिव पाण्डेले बताए । 

त्यस्तै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियाका बारेमा सार्वजनिक भएको अडियोका बारेमा पछि छानबिन हुने समितिले बताएको छ  ।

मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक [सुन्नुहोस् अडियो]

लेखा समितिले यस घटनाका बारेमा छलफल गर्न सञ्‍चार मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएनन् । उनी विभिन्न कार्यक्रमका लागि कञ्‍चनपुर रहेको बुझिएको छ । समितिले बैठकमा बोलाउँदा उपस्थित हुन नसक्‍ने भए पहिले नै जानकारी गराउनुपर्ने व्यवस्था छ । तर मन्त्री बाँस्कोटा भने पूर्वजानकारीबिना नै बैठकमा अनुपस्थित भएका हुन् ।

यो पनि पढ्नुहोस् :

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully