तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप रेकर्ड गरेर चर्चामा आएका विजयप्रकाश मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिद अनियमिततामा प्रधानमन्त्री केपी शर्मा ओली पनि संलग्न भएको आरोप ...
सेक्युरिटी प्रेस स्थापनाका लागि घूस मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएसँगै अर्का एक पात्र पनि चर्चामा छन्– सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल । उनी चर्चामा आउनुको कारण हो– प्रेस स्थापनाका लागि खेलेको शंकास्पद भूमिका ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् । उनले त्यो प्रकरणसँग जोडिएका हरेक विषयमा सम्बन्धीत सबैको छानबिन हुने पनि दाबी गरे ।
निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका छन् । अख्तियार स्रोतका अनुसार बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक माथि पनि छानबिन हुनुपर्ने भन्दै उजुरीहरु परेका छन् ।
पछिल्लो समय सेक्युरिटी प्रेस स्थापना प्रक्रियामा सामेल नभएको स्वीस कम्पनी केबीए नोटासिसका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रको प्रभावमा परराष्ट्र मन्त्रालयले स्वीस दूतावासलाई २०७५ मंसिरमा पत्र पठाएको पाइएको छ ।
२०७५ साउन २० गते मंगलबार राति मन्त्रिपरिषद् बैठक सकिएलगत्तै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले केही सञ्चारकर्मीलाई फोन गर्दै निर्णय सुनाए, ‘कामिनी चैट ।’ मन्त्रिपरिषद्को निर्णय भए पनि हस्ताक्षर गर्न समय लाग्ने भन्दै २४ घण्टापछि मात्रै सार्वजनिक गर्ने अडान लिने मन्त्री बाँस्कोटा यो निर्णय सार्वजनिक गर्न भने हतारिएका थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् ।
दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ढोकामा टाँसिएको छ । त्यही नारा लेखिएको मन्त्रालयको ढोकाभित्र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनको ‘डिल’ गरेको बिहीबार सार्वजनिक भयो । कमिसन लेनदेनको कुरा चलिरहेको अडियो बाहिरिएपछि ओलीका विश्वासपात्र बाँस्कोटा मन्त्रिपरिषद्बाट बाहिरिन बाध्य भएका छन् ।
राष्ट्रिय परिचयपत्र, मेसिन रिडेबल पासपोर्ट, नोटलगायतका कागजात मुलुकभित्रै छाप्नका लागि स्थापना गरिन लागेको सेक्युरिटी प्रिन्टिङ प्रेसबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीले झूटा विवरण दिएर संसदीय समितिलाई गुमराहमा राख्न खोजेको भन्दै सांसदहरू आक्रोशित भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना तथा संचार प्रविधि मन्त्रीबाट गोकुलप्रसाद बाँस्कोटाले दिएको राजीनामा स्वीकृत गरेका छन् । बाँस्कोटाले बिहीबार राजीनामा दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले भ्रष्टाचार र लुटतन्त्र मच्चाउनका निम्ती शासन सत्तामा नपुर्याएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा उनले भ्रष्टाचारप्रति शून्य सहनशीलता बोलीमा होइन व्यवहारमा अपनाउने पनि बताए ।
स्वीस दूतावासले निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग सेक्युरिटी प्रेसका बारे कुरा गर्न कुनै भेटवार्ता नभएको बताएको छ । बुधबार सेक्युरिटी प्रेस मेसिन खरिद गर्न स्वीस कम्पनीसँग ७० करोड कमिसन माग गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले राजनीमा दिइसकेका छन् ।
प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै दुई जनालाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेसले आजको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गर्ने भएको छ ।सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो टेप सार्वजनिक भएको विषयलाई लिएर कांग्रेसले बैठक अवरुद्ध गर्न लागेको हो ।
प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा मुछिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध पारेको हो ।
संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले समितिको अर्को बैठकले निर्णय नगरेसम्म सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।