कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

वुहान एयरपोर्ट आइपुगे नेपाली

कान्तिपुर संवाददाता

कोरोना भाइरसको उद्‍गमस्थल चीनको हुबेई प्रान्तको वुहान र आसपासमा रहेका नेपालीको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको छ। अहिले उनीहरु वुहान एयरपोर्ट आइपुगेको बेइजिङस्थित नेपाल दूतावास स्रोतले जनाएको छ । शनिबार बिहान हुबेईका विभिन्न शहरमा रहेका १८२ नेपालीहरुलाई वुहान एयरपोर्ट जम्मा हुन भनिएको थियाे ।

वुहान एयरपोर्ट आइपुगे नेपाली

चीनको हुबेई प्रान्तको वुहान र आसपासका शहरमा रहेका नेपाली नागरिकको उद्धारका लागि शनिबार दिउँसाे नेपाल एयरलाइन्सको चार्टड विमान काठमाडौंबाट उडेको छ ।


शनिबार दिउँसो पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान राति ९ बजे चिनियाँ समयमा वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।


वुहानबाट स्थानीय समय अनुसार रातको ११ बजे नेपाली नागरिकलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ । आइतबार बिहान सवा २ बजे विमान काठमाडौंमा अवतरण गर्ने तालिका रहेको छ।

काठमाडौं आइसकेपछि चीनबाट फर्किएका १८२ जनालाई कम्तीमा १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ ।


विमानका ककपिट 'क्रू’ लाई कम्तीमा एक हप्ता आइसोलेसनमा राखिनेछ भने बाँकी क्याबिन 'क्रू' लाई भने १४ दिन नै क्वारेन्टाइनमा राखिनेछ ।


नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन् ।

प्रकाशित : फाल्गुन ३, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?