कोरोनामाथि जितपछि आयोजनाका काम फेरि सुरु : राजदूत होउ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसका कारण अहिले चिनियाँहरूले गर्दै आइरहेको कामका आयोजनाहरूमा असर पुगेको उल्लेख गर्दै केही समयपछि उक्त भाइरसविरुद्धको जितसँगै आयोजनाहरूका काम फेरि सुरु हुने बताएकी छन् ।

ZenTravel

चिनियाँहरूले निर्माण गरिरहेको नेपालका आयोजनाहरू केही समयदेखि प्रभावित भएको सार्वजनिक भएपछि राजदूत यान्छीले सञ्चारकर्मीलाई आफ्नो लिखित धारणा पठाउँदै त्यसबारेमा स्पष्ट पारेकी हुन्। धेरै चिनियाँहरू केही समयअघि चीनमा पर्व मनाउन गएको र भाइरसका कारणले उनीहरू अहिले फर्कन नसकेको पनि उनले बताइन्। ‘कोरोनाविरुद्ध लडेर अन्त्यमा जब हामी सफलता हासिल गर्छौं। त्यसपछि नेपालका आयोजनाहरूका काम फेरि सुरु हुनेछन्,’ उनको भनाइ छ।

Meroghar

नेपालले मनाइरहेको नेपाल भ्रमण वर्ष–२०२० मा चिनियाँ पर्यटक कम आउँदा समस्या पर्न गएको पनि उनले बताइन्। उनले यो समयमा चीनबाट ओहोरदोहोर नहुँदा नेपाल भाइरस संक्रमण हुनबाट जोगिएको पनि उल्लेख गरिन्। ‘यसले गर्दा अन्य मुलुकका पर्यटकहरूलाई नेपाल भ्रमण गर्ने वातावरण बनेको छ,’ यान्छीको निचोड छ। उनले चीन कोरोना भाइरसका कारण समस्यामा परेको बेलामा नेपालले सहयोग गरेको पनि बताइन्।

प्रकाशित : फाल्गुन २, २०७६ २२:०३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

पूर्वसेनापति क्षत्रीको सम्पत्ति छानबिन गर्न संसदीय समितिले निर्देशन दिने

रक्षामन्त्री र प्रधानसेनापतिलाई समितिमा बोलाउने
कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन गर्न राज्यव्यवस्था तथा सुशासन समितिले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने भएको छ । सांसदहरूबीच पूर्वसेनापति क्षत्रीविरुद्ध परेको उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पठाउने सहमति भएको सांसद रेखा शर्माले बताइन् ।

क्षत्रीले प्रधानसेनापति हुँदा अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारगरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो । नेपाली सेनामाकार्यरत व्यक्तिहरूले संसदीय समितिमा क्षत्रीविरुद्ध भाद्र महिनामा उजुरी दिएकाथिए । त्यो र अन्य उजुरीहरूमाथि राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य रेखाशर्मा, नवराज सिलवाल रदिलेन्द्रप्रसाद बडूले छानबिन गरेर बिहीबार प्रतिवेदन बुझाएका थिए ।

शुक्रबार बसेको समितिको बैठकले क्षत्रीविरुद्धको उजुरी ती दुई निकायमापठाउने निर्णय भएको सांसद शर्माले बताइन् । 'पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध परेकोउजुरी छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोगअनुसन्धान आयोगलाई पठाउने भन्ने कुरामा सहमति भयो,' उनले भनिन् । अख्तियारले सेनामा भएका अनियमितताकोछानबिन नगर्ने भएकाले पूर्व पदाधिकारी भएको नाताले हेर्नसक्ने शर्माको भनाइ थियो ।

सांसद अमरेशकुमार सिंहले सेनामा भएको अनियमिताको विषय अख्तियारलाई हेर्न नमिल्नेबताए । उनले अख्तियार सम्बन्धी नयाँ बन्ने ऐनमा सर्वोच्च अदालत र सेनामा हुनेअनियमितालाई पनि हेर्ने व्यवस्था राख्नुपर्ने विषयमा सांसदहरूबीच छलफल भएको बताए । 'नयाँ बन्ने अख्तियारसम्बन्धीऐनमा पूर्वसेनापति र पूर्वन्यायाधीशको भ्रष्टाचारको विषयलाई अख्तियारले हेर्नेव्यवस्था राख्ने भन्नेबारे सांसदहरूबीच छलफल भएको छ,' क्षत्रीविरुद्ध उजुरीका आधारमा भने सम्पत्तिसुद्धिकरण अनुसन्धान विभागले हेर्नसक्ने उनको भनाइ थियो । समितिमा भएको छलफललाईउल्लेख गर्दै उनले भने, 'उनले आर्जन गरेको सम्पत्ति वैद्ध हो कि होइन, ट्याक्स तिरेको छ कि छैन र सम्पत्तिकोस्रोत के हो भनेर सोध्नसक्छ ।'

रक्षामन्त्री र प्रधानसेनापतिलाई समितिले बोलाउने

नेपाली सेनाको नियमावलीलाई गलत ढंगले व्याख्या गरेको विषयमा पनि समितिमाउजुरी परेपछि राज्यव्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा रक्षामन्त्री ईश्वरपोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई पनि बोलाउने भएको छ ।

सैनिक हवाई सेवा र लेखा समूहको बढुवा तथा वृत्तिविकासको लागि जारी भएकोविविध सेवा नियमावलीको शैक्षिक योग्यताको मापदण्डलाई नेपाली सेनाका उच्च अधिकारीलेआफूखुसी व्याख्या गर्दा सैनिक कर्मचारीलाई अन्याय भएको भनेर परेको उजुरीबारे छलफलगर्न पोखरेल र थापालाई बोलाइन लागेको शर्माले बताइन् । 'नीतिगत विषयमा उजुरी परेकोभएकाले रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउने कुरा भएको हो,' उनले भनिन् ।

नेपाली सेनालाई अख्तियार मातहत राख्ने कि नराख्ने भन्नेबारे पनिरक्षामन्त्री र प्रधानसेनापतिसँग पनि छलफल गर्ने समितिको तयारी छ । त्यस्तै, उनीहरूसँग पूर्वसेनापतिक्षतिको सम्पत्तिबारे पनि छलफल हुने सम्भावना रहेको एक सांसदले बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ २१:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×