कोरोना भाइरसले चीनमा १ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित, ६ जनाको मृत्यु

फाल्गुन २, २०७६

एजेन्सी

बेइजिङ — चीनमा कोरोना संक्रमितको उपचारमा खटिरहने स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिक्सिङले शुक्रबार १ हजार ७१६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको जनाएका छन् । जसमा मंगलबारसम्म ६ जनाको मृत्यु भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै झेङले संक्रमित स्वास्थयकर्मीको संख्या बढ्दै गएको बताए ।

चिनियाँ अधिकारी तथा अस्पतालहरुले पटक-पटक प्रोटेक्टिभ इक्‍विपमेन्टको अभाव भएको बताइरहेका छन् । मास्कहरु पनि अभाव हुन थालेको छ ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ९१ पुगेको छ । त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका डाक्टरकै मृत्यु

 कोरोना प्रकोपको चेतावनी दिने डाक्टरकै मृत्यु

एजेन्सी

Link copied successfully