कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भाटभटेनी सञ्‍चालक गुरुङलाई ५० करोड, मुख्य योजनाकार ढकाललाई ३९ र सुवेदीलाई ५२ करोड भ्रष्टाचार मुद्दा

कृष्ण ज्ञवाली

काठमाडौँ — ललिता निवास जग्गा अनियमितता प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्‍चालक मीनबहादुर गुरुङलाई पनि प्रतिवादी बनाइएको छ ।

भाटभटेनी सञ्‍चालक गुरुङलाई ५० करोड, मुख्य योजनाकार ढकाललाई ३९ र सुवेदीलाई ५२ करोड भ्रष्टाचार मुद्दा

उनी विरुद्ध अख्तियारले जग्गा धनीका रुपमा ११ करोड र सरकारी जग्गा कमिसनका रुपमा बकस लिएकोमा ३९ करोड विगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, ललिता निवास जग्गा छानविन समितिले भू-माफिया भनेर किटान गरेका डा. शोभाकान्त ढकालसँग ३९ करोड २७ लाख र रामकुमार सुवेदीसँग ५२ करोड ५१ लाख रुपैयाँ मागदाबी गरिएको छ। ढकाल र सुवेदी यो जग्गा अनियमितता प्रकरणका मुख्य योजनाकार हुन् ।

अख्तियारको आरोपपत्रमा सुवेदीकी पत्नी माधवी सुवेदीसँग ९१ लाख तथा शोभाकान्त ढकालकी पत्नी उमाकुमारी ढकाल्नीसँग ९१ लाख र छोरी लक्ष्मी ढकालमाथि ३ करोड २८ लाख माग दाबी गरिएको छ ।

यो पनि पढ्नुहोस्ः

बालुवाटार जग्गामा लेनदेन : शोभाकान्त ढकाल र उनकी भान्जीबुहारी शान्ता खनालबीचको लेनदेन विवादको अडियो रेकर्डबाट खुले नयाँ तथ्य

प्रकाशित : माघ २२, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?