२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भोलिको बैठक मै चलाउँछु, राजीनामा दिन्न : उपसभामुख तुम्बाहाङ्फे

'नेताहरूसँग मेरो कुराकानी बाँकी छ'
जयसिंह महरा

काठमाडौँ — नेकपा सचिवालयले राजीनामा गर्न निर्देशन दिएपनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भोलि (आइतबार) बस्ने प्रतिनिधिसभा बैठक आफैंले सञ्चालन गर्ने बताएकी छन् । इकान्तिपुरसँग कुरा गर्दै उपसभामुख तुम्बाहाङ्फेले भनिन्- 'नेताहरुसँग मेरो कुरा बाँकी छ, राजीनामा दिन्न ।'

भोलिको बैठक मै चलाउँछु, राजीनामा दिन्न : उपसभामुख तुम्बाहाङ्फे

शनिबार साँझ बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको थियो । सभामुखमा पार्टीबाट उम्मेदवारी दिने निर्णय गर्दै उपसभामुखलाई राजीनामा गराएर बाटो खुलाउने निर्णय गरेको थियो।

नेकपाको निर्णयपछि तुम्बाहाङ्फेसँग गरिएको कुराकानी:

नेकपाले उपसभामुखबाट तपाईंलाई राजीनामा गराउने भन्ने निर्णय गरेछ, तपाईंलाई जानकारी भयो ?

थाहा छैन मलाई । यस्तो निर्णय गर्नुभएछ ! ठीक छ, राम्रो हो ।

अब नेकपाले सभामुख पाउने बाटो खुल्यो ?

बाटो त उहिल्यैदेखि खुलेकै छ नि ! बन्द कहाँ छ त ? नेकपाले निकास निकालेन । अनि बाहिर अनेकथरी चर्चा मात्रै भए ।

पार्टीको निर्णय आइसक्यो, अब तपाईंको राजीनामा आउँछ त ?

भोलि म संसद बैठक चलाइदिन्छु ।

भोलि बैठक चलाएर राजीनामा दिनुहुन्छ ?

त्यसपछाडि नेताहरूसँग कुरा गर्न बाँकी नै छ ।

तपाईंको व्यक्तिगत कुरा गर्न बाँकी रह्यो ?

मेरो कुरा त छँदैछ नि !

नेकपा सचिवालयले निर्णय गर्नुपहिले तपाईंसँग छलफल भएको थियो ?

छैन छैन ।

पार्टीले निर्णय गरेपछि भोलिको बैठक अगाडि नै राजीनामा दिने सम्भावना रहेन ?

दिन्न । भोलि बैठक चलाइदिन्छु । राजीनामा दिन्न ।

त्यसोभए सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउनुहुन्छ ?

बढाउँछु ।

प्रकाशित : पुस २६, २०७६ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?