बाढीपहिरो : ललितपुरमा मात्रै १८ जनाको मृत्यु

६ जना अझै बेपत्ता

आश्विन १२, २०८१

रासस

Floods: 18 people died in Lalitpur alone

काठमाडौँ — वर्षाजन्य विपद्‌का कारण ललितपुरमा हालसम्म १८ जनाको शव फेला परेको छ । उद्धारका क्रममा फेला परेका १८ वटा शवलाई आनन्दवन अस्पताल, चापागाँउ र पाटन अस्पताल लगखेलमा राखिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले बताए । 

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सार्वजनिक तथ्यांकअनुसार अनुसार खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रप्रहरी बल परिचालित भएका छन् ।

महांकाल गाउँपालिकास्थित गोटिखेलका ४ र मानिखेलमा २ जना बेपत्ता भएका छन् । सानेपा, नख्खु हार्मोनी कोलोनी, नखिपोट, बुंगमती, चापागाँउ, यूएन पार्क र इमाडोललगायतको क्षेत्रबाट चार सय १६ जनालाई  उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ ।

बाढी पहिरो

रासस

Link copied successfully