३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

क्षेत्रपाटी चिकित्सालयमा भेन्टिलेटर थप

काठमाडौँ — क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा बिहीबार दुईवटा भेन्टिलेटर थपिएको छ । काठमाडौं महानगरपालिकाले थप दुई भेन्टिलेटर दिएपछि अब ४ वटाबाट सेवा दिइने चिकित्सालयले जनाएको छ ।

क्षेत्रपाटी चिकित्सालयमा भेन्टिलेटर थप

चिकित्सालयमा ६/६ आईसीयू र एचडीयू बेडसहित ३५ बेड छन् । यहाँ कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठका अनुसार हाल १८ संक्रमित भर्ना छन् । चिकित्सालयलाई बिहीबार नै मिंग्रे कम्पनीले अत्याधुनिक एनेस्थेसिया मेसिन सहयोग गरेको छ ।

यस्तै, अरनिको समाजले तिब्बत सरकारबाट प्राप्त स्वास्थ्यकर्मीले उपचार गर्दा लगाउने पुनः प्रयोग गर्न मिल्ने अत्याधुनिक चार थान ‘हेल्मेट’, अक्सिजन कन्सन्ट्रेटर, मास्क, भाइजर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री चिकित्सालयलाई प्रदान गरेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?