काठमाडौँ — वाईफाई नेपालले ‘दसैंको बहार खल्तीबाट पेमेन्ट गर्दा स्कुटर उपहार’ योजनाका विजेतालाई पुरस्कार हन्तान्तरण गरेको छ ।
दुई महिना सञ्चालन भएको उक्त योजनाका बम्पर विजेता सिमराका विशाल नेपालले सुजुकीको स्कुटर प्राप्त गरे । योजनामा डिजिटल वालेट खल्ती विशेष भुक्तानी साझेदार थियो । वाईफाई नेपालले वीरगन्जमा नयाँ शाखा कार्यालय पनि उद्घाटन गरेको छ । शाखामार्फत कम्पनीको इन्टरनेट सेवा ग्राहकसम्म पुग्न थप विश्वसनीय भूमिका खेल्ने जनाइएको छ ।
