भागेका २०५ जनामध्ये अहिलेसम्म ६८ जना कैदीबन्दी सम्पर्कमा आइसकेको राजविराज कारागार प्रमुख गंगालाल योगी जानकारी दिए ।
राजविराज — जेन–जीको आन्दोलनपछि सप्तरीको राजविराज कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । उनीहरू गत बुधबार दिउँसो कारागारभित्र आगजनी गरेर भागेका थिए ।
भागेका २०५ जनामध्ये अहिलेसम्म ६८ जना कैदीबन्दी सम्पर्कमा आइसकेको राजविराज कारागारका प्रमुख गंगालाल योगी जानकारी दिए ।
‘तीमध्ये ५७ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याएका छन् भने ११ जना आफैं उपस्थित भएका हुन्,’ उनले भने, ‘थप ३ जना कैदीबन्दी सुनसरीको झुम्का कारागारका पनि छन् ।’
भागेका कैदीबन्दी आफैं सम्पर्कमा आउँदा नै उनीहरूलाई सजिलो हुने कारागार प्रमुख योगीले बताए । ‘पक्राउ गरेर ल्याइदा थप मुद्दा लाग्नसक्छ,’ उनले भने ।
भागेका अन्य कैदीबन्दीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
