बाग्मतीका सभामुख पाठकले दिए राजीनामा

राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Bagmati Speaker Pathak resigned

काठमाडौँ — बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सभामुख पाठकले उपसभामुख अपसरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन् । 

राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बस्न अनुचित हुने भन्दै उनले राजीनामा दिएका हुन् ।

 उनले उपसभामुख चापागाईंलाई लेखेको पत्रमा लेखिएको छ, 'भाद्र २४ गते नै सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेँ । तर प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम प्रदेशसभाको सभामुख पदबाट राजीनामा गरेको छु ।' पाठक राप्रपाबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully