तुलसीपुर उपमहानगरपालिकाले दियो त्रिपाल टाँगेर सेवा

उपमहानगरले अति आवश्यक प्रशासनिक सेवा र दैनिक कार्य सुरु गरेको नगर प्रमुख टीकाराम खड्काले जानकारी दिए ।

भाद्र ३१, २०८२

दुर्गालाल केसी

Tulsipur sub-metropolitan city gave tripal towing service

दाङ — जेन-जी आन्दोलनका क्रममा आगलागीबाट भवन पूर्ण रूपमा क्षति भएपछि तुलसीपुर उपमहानगरपालिकाले मंगलबारदेखि त्रिपाल टाँगेर सेवा सञ्चालन गरेको छ । उपमहानगरपालिकाको क्षतिग्रस्त भवनको अगाडि त्रिपाल टाँगेर अस्थायी सेवा सुरु गरिएको हो ।

उपमहानगरले अति आवश्यक प्रशासनिक सेवा र दैनिक कार्य सुरु गरेको नगर प्रमुख टीकाराम खड्काले जानकारी दिए ।

आन्दोलनका क्रममा उपमहानगरको भवन, सवारी साधन, उपकरण र कागजात सबै नष्ट भएका छन् । उपमहानगरको दमकलसहित ८ वटा गाडी र ६ वटा मोटरसाइकल पनि जलेका छन् ।

घोराही उपमहानगरपालिकाले पनि उपलब्ध स्रोत साधनबाट सोमबारदेखि सेवा दिन शुरु गरेको छ । घोराहीमा १९ मध्ये  १४ वडा कार्यालय समेत तोडफोड र आगजनी भएका छन् । ५ र १७ वडाबाहेक अन्य वडाको पनि सेवा सुरु भएको नगर प्रमुख नरूलाल चौधरीले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully