वीरगन्जमा कोरोनाबाट थप ८ जनाको मृत्यु

जेष्ठ ३, २०७८

शंकर आचार्य

पर्सा — कोरोना संक्रमणका कारण सोमबार पर्सामा थप ८ जनाको मृत्यु भएको छ । मृतकहरु वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवका अनुसार पर्सा कालिकामाई गाउँपालिका–२ का ४८ वर्षीय पुरुषको भवानी अस्पतालमा बिहान ७ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । वीरगन्ज–१० का ६५ वर्षीय पुरुषको वीरगन्ज हेल्थ केयर अस्पतालमा बिहान ११ बजेर ४५ मिनेटमा मृत्यु भएको छ ।

वीरगन्ज–१६ का ५२ वर्षीय पुरुषको नारायणी अस्पतालमा बिहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको छ । वीरगन्ज–२२ का ४५ वर्षीय पुरुषको नारायणी अस्पतालमा ६ बजेर ५ मिनेटमा मृत्यु भएको छ । 

नारायणी अस्पतालमा बिहान १ बजेर ४५ मिनेटमा बाराका ४६ वर्षीय पुरुषको बिहान १ बजेर ५० मिनेटमा, बाराकै ५० वर्षीया महिलाको बिहान ३ बजेर ५ मिनेटमा, वीरगन्ज–८ का ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । दिउँसो ३ बजेर १५ मिनेटमा भवानी अस्पतालमा पर्सा सखुवाप्रसौनी गाउँपालिका–२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

कोरोना भाइरस

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully