कपिलवस्तुमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ३, २०७८

मनोज पौडेल

कपिलवस्तु — जिल्लामा कोरोना संक्रमणले सोमबार ५ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१ का ३ जना रहेका छन् । ६० वर्षीय पुरुष, ३५ वर्षीय पुरुष र ३८ वर्षीया महिलाको मृत्यु भएको छ । त्यस्तै बुद्धभूमि नगरपालिका–३ की २५ वर्षीया गर्भवती महिलाको मृत्युको भएको छ । यी चारै जनाको तौलीहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, शिवराज नगरपालिका–३ का २७ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शिवराज नगरपालिकाको आधारभूत अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले बताए । 

जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ । यहाँ सक्रिय संक्रमित बढेर १,२४१ पुगेको छ ।

कोरोना भाइरस

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully