सेती अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ ३, २०७८

कान्तिपुर संवाददाता

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सोमबार  दिउँसोसम्म मृत्यु हुने  ३ जनामा एक जना पुरुष कैलालीका र एक महिला र एक पुरुष कञ्चनपुरको पुनर्वासका हुन् ।

मृत्यु हुनेहरुमा कञ्चनपुरको पुनर्वास– ६ का ६० वर्षीय पुरुष, कैलालीको धनगढी–१ की ६३ वर्षीया महिला र कञ्चनपुरको पुनर्वास –१३ का ४५ वर्षीय पुरुष रहेका श्रेष्ठले बताए । 

सूचना अधिकारी श्रेष्ठका अनुसार अस्पतालमा सोमबार दिउँसोसम्म १ सय ११ जना  संक्रमितमध्ये १ जनाको भेन्टिलेटरमा, आईसीयूमा १६ जना र अक्सिजनको सपोर्टमा ९० जना तथा अन्य ५ जना मध्यम खालका संक्रमितको  उपचार भइरहेको छ । यसमा आकस्मिक कक्षमा उपचार गराइरहेका २२ पुरुष र १२ महिला समेत गरी अस्पतालमा उपचार गराउने संक्रमितको संख्या  १ सय ११ पुगेको हो ।

यसैगरि, पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको पीसीआर प्रयोगशालामा ७ सय ५५ जनाको परीक्षणमा ४ सय ३३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully