पर्सा — वीरगन्जमा कोरोना संक्रमणको कारण थप ३ को मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा बिहीबार र शुक्रबार नारायणी अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासका अनुसार, बिहीबार बिहान साढे ९ बजे वीरगन्ज–३ की ४७ वर्षीया महिला, बिहान ११ बजेर २५ मिनेटमा बारा जीतपुर सिमरा उपमहानगरपालिका–२४ का ७७ वर्षीय पुरुष र वीरगन्ज १६ नगवाकी ४८ वर्षीया महिलाको शुक्रबार बिहान १ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसअघि बिहीबार बिहान १० बजे यसै अस्पतालमा वीरगन्ज महानगरपालिका–१२ का ४० वर्षीय पुरुषको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । हालसम्म अस्पतालमा उपचारार्थ भर्ना भएकामध्ये २३ संक्रमितको मृत्यु भएको डा दासले बताए । यसबाहेक नारायणी बयोधा अस्पतालमा ३, गण्डक अस्पतालमा १ र पर्साका १ पुरुषको भरतपुरमा समेत गरी २८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको उनले बताए ।
शुक्रबार दिउँसो १ बजेसम्म नारायणी अस्पतालमा ४२ कोरोना संक्रमित उपचारार्थ भर्ना रहको उनले जानकारी दिए । तीमध्ये ८ जना शुक्रबार नै भर्ना भएका नयाँ बिरामी हुन् । सबैलाई अस्पतालमा अक्सिजन दिएर उपचार गरिँदै छ ।
