लकडाउनमा नेविसंघको प्रदर्शन

वैशाख १२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — लकडाउनको उल्लंघन गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले शुक्रबार राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरुले सरकारले जारी गरेका अध्यादेशको विरोधमा प्रदर्शन गरेका हुन् । बिहीबार पनि राजविराजमा मधेसवादी पार्टीहरु राजपा र समाजवादी एकताको खुशीयाली मनाउन लकडाउन उल्लंघन गरिएको थियो ।

सरकारी अध्यादेश फिर्ता हुनु पर्ने भन्दै कालो झण्डासहित नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।

राजवीराजको जनआन्दोलन चोकबाट सुरु भएको जुलुस गजेन्द्र चोक हुँदै पुन जनआन्दोलन चोकमा आएर समापन भएको थियो । नेविसंघ सप्तरीका अध्यक्ष घनानन्द यादवले सामाजिक दूरी कायम राख्दै जुलुस गरेको बताए ।

अध्यादेशलकडाउन

कान्तिपुर

Link copied successfully