कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

जेष्ठ ५, २०७९

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन् । मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हथजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए ।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन् । उनी निवर्तमान उपमेयर समेत हुन् । उनले ७ हजार ९५५ मत प्राप्त गर्दा निकटतम प्रत्यासी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाइन् । 

जिल्लाका १० मध्ये ५ स्थानीय तहको मात्र परिणाम सार्वजनिक भएको छ । ५ स्थानीय तहको मतगणना भइरहेको छ । 

शिवराजसँगै राप्रपाले ३ पालिका प्रमुखमा जित हात पारेको छ । यसअघि झापाको हल्दीबारी गाउँपालिका र काठमाडौंको शंखरापुर नगरपालिका राप्रपाले जितिसकेको छ । 

स्थानीय तह निर्वाचन २०७९

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully