अर्घाखाँची — जिल्ला प्रशासन कार्यालय गुल्मीले जेठ १५ गतेसम्म निषेधाज्ञा थपेको छ । कोरोना संक्रमण दरमा कमी नआएपछि जारी निषेधाज्ञाको अवधि थपेको हो ।
तेस्रो चरणको निषेधाज्ञालाई थप कडाइ गरिने, जमघट, भीडभाड हुन नदिइने सहायक प्रमुख जिल्ला अधिकारी नारायण भण्डारीले बताए । अत्यावश्यक बाहेक अरु काममा नहिटन प्रशासनले अनुरोध गरेको छ ।
सबैलाई निषेधाज्ञा अवधिभर घरमै बस्न भनिएको छ । गुल्मीमा कोरोना संक्रमणबाट ५२ जनाको ज्यान गएको छ ।
