बुटवलमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

जेष्ठ २, २०७८

सन्जु पौडेल

तिलोत्तमा — बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना पुरुष रहेका छन् ।

गत २८ गते अस्पताल भर्ना भएका रुपन्देहीको तिलोत्तमा–५ का ६० वर्षीय पुरुषको आइतबार बिहान साढे ८ बजे, गुल्मीको इस्मा गाउँपालिका–४ का ४५ वर्षीय पुरुषको ८ बजेर ४४ मिनेटमा र उमेर र ठेगाना नखुलेका एक पुरुषको बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए । 

गौतमका अनुसार मृतक सबै जना आकस्मिक कक्षमा उपचाररत थिए ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully