नेपालगन्ज मेडिकल कलेजमा शुक्रबार दुई जना संक्रमितको मृत्यु

वैशाख १०, २०७८

मधु शाही

नेपालगन्ज — नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा शुक्रबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगन्ज-११ का ४२ वर्षे पुरुषको बिहान ७:३० बजे मृत्य भएको थियो भने बैजनाथ गाउपालिका-६ का  अर्का पुरुषको बिहान २:३० मा मृत्यु भएको थियो । 

नेपालगन्ज मेडिकल कलेजमा हाल ६३ जना संक्रमित उपचाररत छन् । जस ध्ये, २८ जनाको स्थिति गम्भीर अवस्थामा रहेको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए । ‘गम्भीर प्रकृतिका संक्रमित धेरै छन्,’ उनी भन्छन्,‘अब अस्पतालले थप व्यवस्थापन गर्न चुनौती थपिएको छ ।’ 

कोरोना भाइरस

मधु

Link copied successfully