रुपन्देहीमा कोरोना संक्रमित महिलाको मृत्यु

मंसिर ६, २०७७

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको भैरहवास्थित भिम अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

सियारी गाउँपालिका-४ की ६५ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले बताए । 

उनका अनुसार गत कात्तिक २३ गते ती महिलालाई कोरोना पोजिटिभ देखिएपछि नतिजा २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully