बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

मंसिर ४, २०७७

रुपा गहतराज

काठमाडौँ — बाँकेमा उपचाररत दाङका दुई जना कोरोना संक्रमित पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-६ का ५६ वर्षीय पुरुषको बिहान २:२० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुर र तुलसीपुर-६ बरुवागाउँका ८१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा बिहान साढे ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

योसंगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully