नेपालगन्ज — बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचार गराइरहेका दाङको घोराही उपमहानगरपालिका –१५ का ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मंगलबार बिहान मृत्यु भएको हो
कात्तिक २७ गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएको उनको मंगलबार बिहान १०:२० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो ।
