गोरखा — गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
दुई हप्ताअघि कोरोना संक्रमण पुष्टि भएका उनी यही कात्तिक २७ गते अस्पताल भर्ना भइ आइसोलेसनमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । शव व्यवस्थापनको तयारी भइरहेको अस्पतालले जनाएको छ ।
