गुल्मीमा पहिरोले पुरिएर एक जनाको मृत्यु 

असार २६, २०७७

माधव अर्याल

पाल्पा — गुल्मीको कालीगण्डकी गाउँपालिका–४, फुस्रेमा पहिरोले पुरिएर ६२ वर्षीय यमबहादुर श्रीसको शुक्रबार मृत्यु भएको छ । घर नजिकै खेतमा कुलोको भल काट्न गएका श्रीसलाई  माथिबाट खसेको पहिरोले च्यापेको प्रहरीले जनाएको छ ।

उनलाई पहिरोले पुर्दा श्रीमती पनि सँगै भएको र तत्काल स्थानीयलाई खबर गरे पनि बचाउन नसकिएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ । 

बाढी-पहिरो

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully