महोत्तरीको लोहरपट्टीमा कांग्रेसका यादव दोस्रो पटक विजयी

जेष्ठ ६, २०७९

सुनिता बराल

महोत्तरी — महोत्तरीको लोहरपट्टी नगरपालिकामा नेपाली कांग्रेसका शैलेन्द्र कुमार यादव विजयी भएका छन् ।

लोहारपट्टिको एक कार्यकाल मेयर चलाइसकेका यादव ५ हजार ४ सय २९ मत प्राप्त गरी विजयी भएका निर्वाचन कार्यालय लोहारपट्टिले जनाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका रामसुहाग यादवलाई ७ सय ५४ मतान्तरले पछि पार्दै यादव निर्वाचित भएका हुन् । उपमेयरमा नेपाली कांग्रेसकी सरिता शर्मा ५ हजार २ सय ८१ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।

उनले लोसपाकी वहिदा खातुनलाई १ हजार १ सय ३८ मतले पछि पार्दै विजयी भएकी हुन् । खातुनले ४ हजार १ सय ४३ मत प्राप्त गरेकी छन् ।

स्थानीय तह निर्वाचन २०७९

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully