स्थानीय निर्वाचनमा पराजित भएपछि एमाले मुगुका सचिवद्वारा राजीनामा

जेष्ठ ६, २०७९

कान्तिपुर संवाददाता

मुगु — नेकपा एमालेका मुगु जिल्लाका सचिव डबल रोकायाले राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा मुख्य पदमा पार्टीले हार बेर्होनुपरेको भन्दै एमाले जिल्ला कमिटी सचिव रोकायाले शुक्रबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।

जिल्लास्तरमा एमाले संगठन राम्रो हुँदाहुँदै सरकारमा रहेका दलहरूको गठबन्धनका कारण एमालेले मुगुका चार स्थानीय तहमा एक उपाध्यक्षबाहेक अरु प्रमुख पदमा नराम्रोसँग पराजय भोग्नु परेको भन्दै सचिव रोकायाले पदबाट राजनीनामा दिएका हुन् । 

उक्त राजीनामामा पार्टीमा अराजक अस्थिरता व्यक्तिवाद, स्वेच्छाचारितालाई निरुत्साहित गर्न र पार्टी संगठनलाई थप प्रभावकारी, गतिशील, ऊर्जाशील बनाउन आफूले पार्टीको सचिव पदबाट राजीनामा दिएको रोकायाले उल्लेख गरेका छन् ।

एमालेले मुगुका कुनै पनि पालिका जित्न सकेन । चार स्थानीय तह रहेको मुगुमा एमाले एक स्थानीय तहको उपाध्यक्ष मात्रै जितेको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकाको उपाध्यक्ष मात्रै एमालेले जतेको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully