कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

झापा बिर्तामोड नगरपालिकामा एमाले विजयी

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार पवित्रा महतारा विजयी भएकी छन् । बिर्तामोडको उपमेयरमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । 

झापा बिर्तामोड नगरपालिकामा एमाले विजयी

बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र संग्रौला निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न मतगणनामा बिर्तामोडको मेयरमा निर्वाचित महताराले कांग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतान्तरले पराजित गरिन् । प्रसाईले १६ हजार ५ सय २० मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सिटौलाले १२ हजार ७ सय ६२ मत मात्र पाए ।

उपमेयरमा निर्वाचित संग्रौलाले प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई ७ हजार १ सय ३५ मतान्तरले पराजित गरे ।

संग्रौलाले १५ हजार ५ सय ८६ मत पाए भने कडरियाले ८ हजार ४ सय ५१ मत पाए । महतारा जिल्लामा नगरपालिकाको मेयर पदमा निर्वाचित पहिलो महिला बनेकी छन् । उनी अघिल्लो कार्यकाल बिर्तामोडको उपमेयर थिइन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?