कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कांग्रेस विजयी- स्थानीय तह निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा कांग्रेस विजयी

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाल-भारत सीमासँग सटेर रहेको नगरपालिकाको प्रमुखमा कांग्रेसका रजतप्रताप शाहले राप्रपाका दीपक रजौरियालाई एक हजार ४ सय ९४ मतान्तरले पराजित गरे । 


शाहले ५ हजार ६०६ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रजौरियाले ४ हजार १ सय १२ मत ल्याएका थिए । त्यस्तै उपप्रमुखमा कांग्रेसकै आरतीदेवी चौधरी विजयी भएकी छन् ।

उनले ५ हजार ६ सय ९१ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी आरतीसिंह यादवले ३ हजार २ सय ८२ मत ल्याएकी थिइन् । जिल्लाको ६ वटा स्थानीय तहको परिणाम आउँदा काग्रेसको दोस्रो जित हो । ४ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्

पर्साको जगरनाथपुर अध्यक्षमा कांग्रेस विजयी, मुख्यमन्त्रीकी श्रीमती उपाध्यक्षमा पराजित

भूषण यादव

वीरगन्ज — पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त यादव निर्वाचित भएका छन् । यादवले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महमद सलिम मंसुरलाई १ हजार ८ सय २३ मतान्तरले पराजित गरेका हुन् । 

पर्सा कांग्रेस क्षेत्र नम्बर ४ को सभापतिसमेत रहेका यादवले ५ हजार ७ सय ४९ मत ल्याएका छन् भने मंसुरले ३ हजार ९ सय २६ मत पाएका छन् । जनता समाजवादी पार्टीका कृष्णमोहन यादवले ३ हजार ४ सय ४७ मत ल्याएर तेस्रो भएका छन् ।

यसैगरी गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै बबिता सिंह निर्वाचित भएकी छन् । सिंहले निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरादेवी कुर्मीलाई २ हजार १ सय ८६ मतान्तरले पराजित गरेकी छन् । सिंहले ५ हजार ५३१ मत ल्याएकी छन् भने कुर्मीले ३ हजार ३ सय ४५ मत प्राप्त गरेकी छन् ।

जसपाकी जलेखा खातुनले ३ हजार १ सय २३ मत ल्याएर तेस्रो स्थानमा सीमित रहिन् । खातुन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीकी श्रीमती हुन् ।

प्रकाशित : जेष्ठ ६, २०७९ १३:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×